मकवानपुरमा तीन गाडी ठोक्किए: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर
मकवानपुर | असोज २३, २०८१
मकवानपुरको भीमफेदीमा तीन वटा गाडी ठोक्किएर दुर्घटना भएको छ ।
भीमफेदी– ६ गोल्फिनफेदीमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
८ जनालाई चितवन रिफर गरिएको छ भने बाकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएका थिए ।
बस सडक बाट करिब .१० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

